काठमाडौँ। इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले नेपाल आयल कर्पोरेसनलाई नयाँ मूल्य सूची पठाएको छ
जसअनुसार भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ।
उक्त नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७.८७ रुपैयाँ र डिजेल ६.६१ रुपैयाँले बढेर आएको निगमले जनाएको छ।
यसैगरी प्रतिलिटर मट्टीतेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेर आएको छ।
आईओसीले ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब १०० रुपैयाँ घटाएर पठाएको छ।
आईओसीले हरेक १५–१५ दिनमा निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको भाउमा हुने उतारचढावअनुसार नै मूल्य समायोजन गरेर पठाउने गर्छ।
नेपालमा गत साउन १ गतेबाट पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली लागू भइसकेको छ। स्वचालित प्रणालीबाट मूल्य समायोजन गरिने भएकोले पेट्रोल र डिजेलको भाउ बढ्ने तथा ग्यासको घट्ने निगमले जनाएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend