Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकामा बढ्यो आवतजावत: २२ हजार भित्रिए, २५ हजार बाहिरिए


    मंगलबार, असोज ६ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोनाका कारण जारी भएका लकडाउन तथा निषेधाज्ञाका कारण उपत्यकामा आवतजावत गर्न नपाएकाहरुको अहिले धमाधम यात्रा गरिरहेका छन् । पछिल्ला दिनमा यात्रा गर्नेको चाप बढेको छ । 

    विशेषगरी सार्वजनिक यातायात चलेकाले पनि यात्रा गर्नेको संख्या बढेको हो । गत २४ घण्टामा मात्र उपत्यकाका विभिन्‍न नाकाबाट २२ हजार ८ सय ४६ यात्रु भित्रिएका छन् भने २५ हजार २ सय ६४ जना यात्रु बाहिरिएका छन् । 

    काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । विभिन्‍न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन पनि सामान्य रुपमै सञ्‍चालन भैरहेको छ ।

    आगामी दिनमा यो चाप अझै बढ्ने आँकलन गरिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार