काठमाडौं । सुनको भाउ घटेको छ । मंगलबार सुनको भाउ तोलामा १ हजार ७ सय घटेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
सोमबार सुनको भाउ तोलाको ९७ हजार २ सय थियो । नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यस्तै चाँदी आज तोलामा ९० घटेको छ । चाँदी आज तोलाको १ हजार २ सय ३० रुपैयाँमा कायम भएको छ ।