Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लामिछाने भन्छन्- रास्वपाकै कारण भ्रष्टाचारका फाइल खोल्न सरकार बाध्य छ 


    सोमबार, साउन १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बाहिर र भित्र भ्रष्टाचारबारे बुलन्द आवाज उठाएकै कारण सरकार अनियमितताका फाइल खोल्न बाध्य भएको दाबी गरेका छन्।

    सोमबार काठमाडौंमा रास्वपा सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारी खोज्ने रास्वपाकै अडानका कारण सरकारलाई फाइल फुकाउन सहज भएको बताएका हुन्।

    उनले भने, ‘संसद्मा रास्वपाको उपस्थिति र भ्रष्टाचारविरुद्धको आवाजकै कारण ठूला दल र सरकारले काम गरेजस्तो देखिएको छ। शंका नहटे पनि भ्रष्टाचारविरुद्ध रास्वपाले घन्टी बजाएपछि सरकारले फाइल खोलेको हो। अहिले भ्रष्टाचारका फाइल नखोले २०८४ मा एकल सरकार बनाएर सफाइ अभियान थाल्ने हो।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार