Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित


    सोमबार, साउन १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको आज सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको छ ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको छैन ।

    यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।

    आज पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक भोलि मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका सभामुखको सचिवालय स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार