Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको चेतावनी- सुन काण्डको छानबिन नहुँदासम्म संसद् चल्न नदिने


    सोमबार, साउन १५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज सोमबार पनि संसद् अवरोध गर्ने तयारी गरेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलले ठोस निष्कर्ष दिन नसकेको भन्दै एमालेले आज संसद् चल्न नदिने भएको हो।

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि बालुवाटारमा छलफल भएको थियो।

    ‘सुन प्रकरणको छानबिन नभएसम्म सदनको अवरोध कायमै रहन्छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने।

    एमालेका अर्का एक नेताले सुन प्रकरणमा भरिया पक्राउ गर्ने र मालिक उम्काउने काम भइरहेको बताए। सरकारले कसको सुन हो भनेर सार्वजनिक नगर्दासम्म सदन चल्ने अवस्था नरहेको उनले बताए।

    ‘प्रकरणमा नयाँ-नयाँ कुरा आइरहेका छन्। सबैको यथार्थ नागरिकले थाहा पाउनुपर्छ। सुन तस्करहरू नसमातेसम्म हामी सदन चल्ने दिने पक्षमा छैनौं,’ ती नेताले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार