Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • काठमाडौँमा घटेन कोरोना सङ्क्रमण


    मंगलबार, असोज ६ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ  । निषेधाज्ञा खुलेसँगै राजधानी काठमाडाँैमा भीडभाड बढेको छ तर कोरोना (कोभिड–१९)को सङ्क्रमण बढ्ने क्रम पनि रोकिएको छैन । सडक, बजार तथा पसलमा भीडभाडसँगै काठमाडौँ महानगरपालिकाका ३२ वटै वडा कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ महानगरमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहँदा निषेधाज्ञा खुलेपछि सेवाग्राहीको चाप पनि वडा कार्यालयहरूमा बढ्न थालेको हो ।
    निषेधाज्ञा खुलेसँगै दैनिक सरदर एउटा वडामा मात्र विभिन्न कामका लागि कम्तीमा पनि एक सय सेवाग्राही प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आउने गरेको जानकारी सम्बद्ध वडा प्रमुखहरूले दिएका छन् । यसअघिको बन्दाबन्दीले गर्दा वडा कार्यालय नियमित रूपमा सञ्चालन नहुँदा सम्पत्ति र घरबहाल कर बुझाउन सेवाग्राही वडा कार्यालय धाउने गरेका छन् । वडा कार्यालयमा सेवाग्राहीको भीड बढेसँगै महानगरपालिका क्षेत्र कोरोनाको झनै केन्द्र बन्दै गएको छ ।
    महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले निषेधाज्ञा खुलेसँगै महानगरपालिकाका वडा कार्यालयमा सेवाग्राहीको भीड बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिका क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिमध्ये ७० प्रतिशतले स्वास्थ्य मापदण्ड अपनाए पनि ३० प्रतिशत नागरिकले बेवास्ता गर्दा महानगरपालिकामा कोरोनाको उच्च जोखिम बढेको हो ।” आजको गोरखापत्रबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार