Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?


    आइतबार, साउन १४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उनीहरूबीच भेटवार्ता भएको हो । उक्त वार्तामा संसद् अवरोध हटाउनेलगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ।

    विमानस्थल बाहिरबाट समातिएको सुन काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेको प्रतिनिधि सभा अवरुद्ध गरेको थियो । एमालेको अवरोधका कारण स्थगित प्रतिनिधि सभा भोलि बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार