कैलाली । नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिन ढिला नगर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई सुझाव दिएका छन् । शनिबार भएको भेटघाटमा सभापति देउवाले अब सरकार विस्तारमा ढिला गर्न नहुने बताएका थिए ।
सुदूरपश्चिममा अहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन छ । कृषि मन्त्रालय विगत ७ महिना देखी मन्त्री विहीन रहेको हो भने पृथ्वी बहादुर सिंहको बझाङ दुर्घटनामा निधन भएपनि कानुन मन्त्रालय पनि मन्त्री विहीन भएको हो ।
सभापति देउवासँग मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेश बहादुर शाहीले भेटेका थिए । मुख्यमन्त्री शाहले सत्ता गठबन्धनका शीर्ष नेताहरू बिच चाँडै सहमति भए सरकार विस्तारमा सहज हुने सभापति देउवालाई बताएका थिए ।
सरकार विस्तारको गाँठो फुकाउन काठमाडौँ पुगेको मुख्यमन्त्री सहितको टोलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्णायक छलफल गर्ने तयारी गरेको छ । भोलि प्रधानमन्त्री प्रचण्ड, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी र प्रदेश सरकार बिच ठोस छलफल हुने बताइएको छ ।
‘
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend