कैलाली । नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिन ढिला नगर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई सुझाव दिएका छन् । शनिबार भएको भेटघाटमा सभापति देउवाले अब सरकार विस्तारमा ढिला गर्न नहुने बताएका थिए ।
सुदूरपश्चिममा अहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन छ । कृषि मन्त्रालय विगत ७ महिना देखी मन्त्री विहीन रहेको हो भने पृथ्वी बहादुर सिंहको बझाङ दुर्घटनामा निधन भएपनि कानुन मन्त्रालय पनि मन्त्री विहीन भएको हो ।
सभापति देउवासँग मुख्यमन्त्री शाह सहित भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्री नरेश बहादुर शाहीले भेटेका थिए । मुख्यमन्त्री शाहले सत्ता गठबन्धनका शीर्ष नेताहरू बिच चाँडै सहमति भए सरकार विस्तारमा सहज हुने सभापति देउवालाई बताएका थिए ।
सरकार विस्तारको गाँठो फुकाउन काठमाडौँ पुगेको मुख्यमन्त्री सहितको टोलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्णायक छलफल गर्ने तयारी गरेको छ । भोलि प्रधानमन्त्री प्रचण्ड, नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी र प्रदेश सरकार बिच ठोस छलफल हुने बताइएको छ ।
‘
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend