Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • रोल्पामा विषालु च्याउ खाएर बिरामी परेकी युवतीको मृत्यु


    शनिबार, साउन १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रोल्पामा विषालु च्याउको खाँदा एक जना युवतीको ज्यान गएको छ । विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

    मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला बिक रहेकी छन् ।

    गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए । बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्‍याइएको थियो । उनको आज उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार