Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसका नेता पौडेल भन्छन्- कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने अवस्था आउन सक्छ


    शनिबार, साउन १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले एक वर्षपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट आंशिक उपलब्धि भएको टिप्पणी गरेका छन् ।

    ‘लामो समयसम्म केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको थिएन । यस बैठकबाट केही हुन सकेन भन्ने होइन । इतिहासमै पहिलोपटक राजनीतिक दलको बैठक प्रत्यक्ष प्रसारण भयो । पार्टीका नियमित कामलाई व्यवस्थित गर्ने, नयाँ काम कसरी अघि बढाउने सन्दर्भमा आंशिक उपलब्धि भएको छ । तर हामीले सोचेजस्तो विविध पक्षमा निर्णय हुन नसकेको पनि सत्य हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

    नेता पौडेलले आगामी महासमितिको बैठकमा बाँकी विषय छलफल गरी टुंगो लाग्ने पनि बताए । उनले थपे, ‘नीति अधिवेशन र महासमितिमा खासै ठूलो भिन्नता होइन । महासमितिको बैठक एक वर्षमा अनिवार्य हुने नै कुरा हो । त्यसैले नीति अधिवेशनमा हुने विषय महासमितिको बैठकमा छलफलमा आउँछन् र त्यसमा टुंगिने परिस्थिति बन्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार