Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकाशमान सिंहले भने- कांग्रेसलाई सुदृढ बनाउन प्रशिक्षण आवश्यक छ


    शनिबार, साउन १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले पार्टीभित्र संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने उल्लेख गरेका छन् ।

    काठमाडौं महानगर सम्मेलनको आज उदघाटन गर्दै उनले पार्टी जीवनमा कार्यकर्ताले परिवर्तनको अनुभूति गर्ने गरी प्रशिक्षण लगायतका कार्यक्रम सन्चालन गर्नुपर्ने बताए । ‘प्रशिक्षण के को लागि त भन्दा पार्टी संगठनलाई सुदृढ गर्नका लागि, अझ राम्रो गर्नका लागि हो,’ उनले भने ।

    हालैको केन्द्रीय समिति बैठकका निर्णय अनुसार जनतासँग प्रत्यक्ष जोड्ने खालको कार्यक्रमसहितको सर्कुलर छिट्टै जारी हुन लागेको जानकारी गराउँदै उनले सर्कुलरमा उल्लेख भएका नीति तथा कार्यक्रमलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन आह्वान समेत गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार