Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रम्पलाई विषयुक्त पत्र पठाउने महिला पक्राउ


    सोमबार, असोज ५ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषयुक्त पत्र पठाउने महिला पक्राउ परेकी छिन्। क्यानडाबाट अमेरिका प्रवेश गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको सीएनएनले उल्लेख जनाएकाे छ। 

    सीएनएनका अनुसार ट्रम्पलाई विष राखेर पत्र पठाएको आरोपमा ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हाे। सुरक्षा अधिकारीहरुका अनुसार महिलालाई नियन्त्रण लिने क्रममा उनीसँग बन्दुक फेला परेको थियो।

    सिसिन नामक विषसहितको पत्र गत हप्ता ट्रम्पलाई पठाइएको सुरक्षा स्रोतले जनाएको थियो। अनुसन्धानकर्ताहरुले उक्त प्याकेज क्‍यानडाबाट आएको हुन सक्ने अनुमानसहित अनुसन्धान गरिरहेको थियो।

    ट्रम्पलाई पठाइएको पत्रमा ‘रिसिन’ रहेको पुष्टि गर्न दुईपटक परीक्षण गरिएको थियो। ह्वाइट हाउसमा पठाइने सबै पत्रहरु पहिला अफसाइट फ्यासिलिटीमा स्क्रिनिङ गर्ने गरिन्छ। त्यसपछिमात्रै पत्रलाई ह्वाइट हाउसमा प्रवेश पाउँछ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार