Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओली आज नेपालगन्ज जाँदै


    शनिबार, साउन १३ २०८०
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रूपन्देही । प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणका लागि एमाले अध्यक्ष केपी ओली आज बाँकेको नेपालगन्ज जाने भएका छन् ।

    लुम्बिनीबाट संघ,प्रदेशका सांसदहरू र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सामुहिक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

    एमाले अध्यक्ष ओली ११ बजे कार्यक्रममा पुग्ने एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले साउन १३ र १४ गते चल्ने यो प्रशिक्षणमा ५ सय जना सहभागी हुने जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार