काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा १६ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ महिला र १३ पुरुष गरी थप १६ संक्रमितको निधन भएको हो । एकै दिन कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको
कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा पाँच पुरुष र एक संक्रमित महिलाको निधन भएको छ । काठमाडौं र भक्तपुरका दुई पुरुषको र ललितपुरमा महिला र पुरुष एक/एक संक्रमितको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ ।
त्यस्तै, बाँकेका दुई, झापा, सुनसरी, पर्सा, चितवन र रूपन्देहीका एक/एक पुरुष संक्रमितको निधन भएको छ । मकवानपुरमा महिला पुरुष एक/एक र दोलखामा एक महिला संक्रमितको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयको तथ्यांक छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।