काठमाडौं । डा. गोविन्द केसी काठमाडौंमा आउने भएका छन् । जुम्लामा हिंसा वा तोडफोड हुन सक्ने भन्दै डा. केसी काठमाडौं आउने भएका हुन् ।
‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरू पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहीबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौँ,’ डा. केसीको विज्ञप्तिमा भनिएको छ ।
डा. केसी स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९औं सत्याग्रह गरेको आज आठौं दिन पुगिसकेको छ । तर, यसबीचमा डा. केसीको मागहरू पूरा गर्न सरकारले कुनै प्रयास वा पहल गरेको छैन