Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोमबार ११ सय ५४ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु


    सोमबार, असोज ५ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै १ हजार ५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    सोमबार ९ हजार ५ सय ३३ जनामा पीसीआर परीक्षण गरिएको थियो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणका कारण १६ जनाको मृत्यु भएको बताए।

    हाल नेपालमा संक्रमित संख्या ६५ हजार २ सय ७६ र मृतक संख्या ४ सय २७ पुगेको छ। 

    मन्त्रालयका प्रवक्ता गौतमले सार्वाजनिक यातायत खुलेकाले थप सावधानी नअपनाए संक्रमण अझै बढ्ने बताए। ‘सवारी साधन खुलेको छ। सुरक्षका मापदण्ड पुरा नगरे संक्रमण अझै बढन सक्छ,’उनले भने।

    उनले काठमाडौंलगायतका शहरमा जनस्वास्थ्य मापदण्ड पालना नभएकोले संक्रमण बढेको बताए। काठमाडौंलगायतका शहरमा मापदण्ड पालना नभएकैले संक्रमण बढिरहेको छ,’उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार