Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रियसभा खारेज गर्न राप्रपाको माग


    बिहिबार, साउन ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना र राष्ट्रियसभा खारेज गर्न माग गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

    नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दुराष्ट्र हटाइएको र अन्तिम खम्बाको रुपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको उनले बताए । अध्यक्ष लिङ्देनले सेना बिनाको राज्य बनाउने प्रस्तावसमेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताए । उनले वडा तहदेखि प्रतिनिधि सभासम्मका सदस्यहरु कटौती गरेर खर्च कम गर्नुपर्ने बताए ।

    उनले प्रतिनिधिसभा भइसकेपछि राष्ट्रिय सभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गरे । उनले नेपाली सेनाको योगदानलाई बिर्सिन नहुने भन्दै अझै सशक्त, आधुनिक र हतियारसम्पन्न नेपाली सेना बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार