काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई नेकपाले भर्ती केन्द्र बनाएको आरोप नेपाल विद्यार्थी (नेवि) संघले लगाएको छ। नेविसंघका केन्द्रीय अध्यक्ष राजीब ढुंगानाले प्रेस विज्ञप्ती जारी गर्दै त्रिभुवन विश्व विद्यालय राजनीतिक अखडा भएको बताएका हुन्।
ढुंगानाले त्रिविमा नयाँ उपकुलपति आएपछि नेविसंघका कार्यकर्तालाई झुठा मुद्दा लगाएर थुन्ने काम गरेको आरोप पनि लगाएका छन्। ‘त्रिभुवन विश्व विद्यालयलाई प्राज्ञिक र शैक्षिक उन्नयनको थलो नभई नेकपाको भर्ती केन्द्रका रुपमा विकास गर्ने एक मात्र निहित उद्देश्यका साथ उपकुलपति भएर आएका वर्तमान उपकुलपति त्रिविमा आए पश्चात त्रिवि शैक्षिक थलो भन्दा पनि राजनीतिक अखडा परिणत भएको सर्वविदितै छ,’ ढुंगानाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उपकुलपति भएर त्रिविको शैक्षिक सुधारमा आफ्नो ध्यान केन्द्रित गर्नुको सट्टा सत्ताको चरम दुरुपयोग गर्दै नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई झुठा मुद्दा लगाई थुनाउने तथा आफूसँग असहमत प्राध्यापकहरूलाई समेत झुठा मुद्दा लगाएर दुख दिनु उपकुलपतिको दिनचर्या भएको छ।’
त्रिभुवन विश्व विश्वविद्यालय परिसरमा सयौँ प्रहरी उपस्थित गराएर विद्यार्थी तथा प्राध्यापकलाई आतंकित पार्ने काम गरेको भन्दै नेविसंघ घोर भत्सर्ना गरेको छ। नेविसंघका महामन्त्री दीपक भट्टराइले संकटको बेलामा शिक्षा क्षेत्र थलिएकाले यसलाई सुधार गर्न त्रिभुवन विश्व विद्यालयमा सही नेतृत्व र नेतृत्वसँग योजना नभएको बताउँछन्। ‘हामी संकटमा छौ। शिक्षा क्षेत्र नराम्रो सँग थलिएको छ। यसको सुधारका निम्ति त्रिवि नेतृत्वसँग न कुनै योजना छ न हामीले भनेको सुन्छ,उल्टो विद्यार्थीहरूले जायज माग राख्दा झुठा मुद्दा लगाई प्राज्ञिक थलोलाई ब्यारेक बनाउन खोज्दैछ,’ भट्टराइले भने, ‘हिजोका निरंकुशले जस्तो पुलिस लगाएर विद्यार्थी तर्साउने कोशिश गर्दैछ जुन हतियार हिजै असफल भै सक्यो।’

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend