Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा घट्यो गाडी भाडा


    बिहिबार, साउन ११ २०८०
    1.1K
    Shares
    sf7df8f}F, !$ j}zfvM ufFp kmls{b} ;j{;fwf/0f sf7df8f}Fsf] sf]6]Zj/af6 dªunaf/ ufFp kmls{b} ;j{;fwf/0f . sf]le8–!( sf] lgoGq0f tyf /f]syfdsf nflu ;/sf/n] oxL j}zfv !^ ut]b]lv Ps xKtfsf nflu lgif]wf1f u/];Fu} pkTosf aflx/ hfg]sf] eL8 x'g yfn]sf] xf] . tl:a/ M /f]zg ;fksf]6f÷/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । बागमती प्रदेशले आज बिहीबारदेखि बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ। गत ११ जेठमा बागमती प्रदेशले भाडादर समायोजन गरेको थयो । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रदेशभित्र चल्ने सवारी साधनको भाडादर घटाएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलका अनुसार आजदेखि लागू हुने गरेर प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ ।

    यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।

    विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि पछिल्लो समय नेपाल आयल निगमले समेत मूल्य समायोजन गर्दै आइरहेको छ । पछिल्लो पटक निगमले १५ दिनको अवधिमै पेट्रोलियम पदार्थको मूल्य दुई पटक समायोजन गरिसकेको छ । यस्तै, निगमले अबदेखि स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा समेत गरिसकेको छ ।

    पेट्रोलियम पदार्थको मूल्य घटेपछि चौतर्फीरुपमा सार्वजनिक सवारी साधनको भाडादर घटाउन प्रदेश सरकारलाई दबाब परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार