Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्रेड युनियनको निर्वाचन स्थगित गर्न प्रदेश २ का मुख्यमन्त्रीको आग्रह


    सोमबार, असोज ५ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । कोरोना संक्रमण फैलिएका बेला निर्वाचन कार्यक्रम नगर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका छन् । 

    राउतले आगामी असोज २४ गतेका लागि तोकिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्नको लागि आग्रह गरेका हुन् ।

    राउतले यसका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई पत्र पठाएका छन् । सोमबार उनले पठाएको पत्रमा कोरोनाको अवस्था विद्यमान रहेको र प्रदेश २ यो महामारीका कारण सबैभन्दा बढी प्रभावित रहेकाले निर्वाचन स्थगित गर्न भनिएको छ ।

    ‘वर्तमान अवस्था तथा थ्रेसहोल्डको विवाद र सम्मानित सर्वाेच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थालाई ध्यानमा राखी हाललाई आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगनका लागि अनुरोध छ,’ मुख्यमन्त्रीले मन्त्रीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

    यसअघि नेपाल मधेशी निजामती कर्मचारी मञ्चले यो निर्वाचन तत्कालका लागि स्थगन गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापन बुझाइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार