काठमाडौं । भारतको संसद्ले उदाहरणीय काम गरेको छ । राष्ट्रको कानुन निर्माण गर्ने थलोमा अभद्र व्यवहार गर्ने सांसदलाई कारबाही गर्दै भारतको राज्यसभाले चौतर्फी ध्यान केन्द्रित गरेको छ ।
आइतबार ‘एग्रिकल्चर रिफर्म बिल’ माथिको छलफलको क्रममा भएको विवादपछि संसद्मा हंगामा नै भएको थियो। घटनामा संलग्न राज्यसभाका आठ विपक्षी सांसदहरु एक साताका लागि निलम्बन गरिएको हो ।
सांसद बैठकको अवधि विधेयक पारित गर्नकै लागि बढाएपछि विपक्षी सांसदले संसदका उपसभापति हरिवंशविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले उपसभापतिको आसननजिकै गएर रुक बुक च्यातेर माइक पनि तोडफोड गरेका थिए। परिस्थितिलाई नियन्त्रणमा लिन मार्शल बोलाउनु परेको थियो।
विपक्षी सांसदहरु देरेक ओ ब्राइन, के के रागेस, डोला सेन, सैयद नजिर हुसैन, संजय सिंह, राजिभ सत्ताभ, रिपुन बोरा र अल्माराम करिमलाई एक साताका लागि निलम्बन गरिएको हो। राज्यसभाका अध्यक्ष एम बैंकैया नायडुले अभद्र व्यवहार गरेको भन्दै निलम्बन गरेको हो।
संसदीय मामिला मन्त्री भी मुरलीधरनले संसदको चालु अधिवेशनलाई अगाडि बढाउन अभद्र व्यवहार गर्ने सांसदलाई निलम्बन गर्नुपर्ने सूचना सदनमा लिएका थिए। सदनले उक्त सूचनालाई पास गरेको हो। एजेन्सीको सहयोगमा