Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको निर्णय : गृहमन्त्रीको राजीनामा नआई संसद चल्न नदिने


    बुधबार, साउन १० २०८०
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने घोषणा गरेको छ।

    आज नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो।

    उक्त बैठकपछि सञ्चारकर्मीहरुसँग एमालेका प्रमुख सचेतक पदम गिरीले भने- ‘गृहमन्त्रीको संलग्नताबिना त्यत्रो तस्करी हुन सम्भव छैन। यसमा छानबिन हुनुपर्छ। गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। त्यो नहुँदासम्म संसद सुचारू हुन सक्दैन।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार