काठमाडौँ। नेकपा.(माओवादी)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको स्पष्ट पारेका छन्।
गैरआवासीय नेपाली संघ इटालीद्वारा रोममा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले कठोर कदम चालेको बताएका हुन्। सार्वजनिक सेवा प्रवाहमा सहजी करण गर्दै नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन सरकार प्रयत्नशील रहेको प्रधानमन्त्रीले बताएका छन्।
सरकारले विदेशमा श्रमका लागि आएका नेपालीहरूको हक,हित र संरक्षणका लागि समाजिक सुरक्षा कोषमा जोडि रहेको जनाउँदै त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने उनले दाबी गरे।
‘सामाजिक सुरक्षा कोषमा बढी भन्दा बढी श्रमिकलाई आबद्ध गर्ने,अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ,’प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै सचिवालयले भनेको छ,‘सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिने बाट सरकारले कामको थालनी गरेको छ।’
जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमति पत्र प्राप्तिमा सहज बनाएको बताउँदै प्रधानमन्त्री दाहाल वर्तमान सरकार जनताको हितमा काम गर्न दत्तचित्त रहेको पनि जनाए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend