Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक


    मंगलबार, साउन ९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनमत पार्टीले विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

    उक्त बैठक साउन १८ गते बिहान ७ बजे काठमाडौंमा बस्ने यादवले जानकारी दिए। बैठक क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बस्ने छ।

    ‘महत्त्वपूर्ण एजेन्डा त छैन। केही नयाँ सदस्य थपिएका छन्। सबै गरेर ३ सय हाराहारी केन्द्रीय सदस्य भएका छौं। आपसमा चिनजान गर्ने र अनुभव बाँड्ने ध्येयले बैठक आह्वान भएको हो,’ प्रवक्ता शरदसिंह यादवले भने।

    केन्द्रीय सदस्यहरूलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो ल्याउन भनिएको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार