Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : शशांक कोइराला


    मंगलबार, साउन ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको स्पष्ट पारेका छन् ।

    कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा मंगलबार आयोजित चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउँदै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले हराउन नसक्ने जिकिर गरे।

    ‘मुलुकको सबै परिवर्तनको नेतृत्व कांग्रेसले लिएको छ,’उनले भने,’ पार्टीभित्र एकता कायम राख्नसके कुनै पनि शक्तिले हराउन सक्दैन।’

    उनले मुलुकको विकासको संवाहकसमेत कांग्रेस भएको जिकिर गरे। नेता कोइरालाले मुलुकमा विकास र आर्थिक समृद्धि कांग्रेसले मात्र दिनसक्ने स्पष्ट पारे। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी र देशको बारेमा गम्भीर समीक्षा गरेकाले कांग्रेसको पक्षमा माहोल सिर्जना भएको उनले उल्लेख गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार