Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘काेराेना संक्रमितकाे सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर गराैं’


    आइतबार, असोज ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । काेराेना संक्रमितसँग सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर परीक्षण गर्न सरकारले अनुराेध गरेकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काेराेना संक्रमितसँग सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर परीक्षण गर्न अनुराेध गरेका हुन् ।

    उनले काेराेना संक्रमितसँग सम्पर्कमा आएको पाँचाैं दिनसम्म आइसाेलेसनमा बसेर मात्र परीक्षण गर्न सुझाएका छन् । यसरी परीक्षण गर्दा मात्र नतिजा सही आउने उनले बताए।

    यस्तै सरकारले अब आइसाेलेसनकाे जम्मेवारी स्थानिय तहलाई दिएकाे छ । यसरी स्थानिय तहले आइसाेलेसनकाे बनाइसकेपछि हाेम आइसाेलेसन वा संस्थागत आइसाेलेसनमा राखेकालाई १४ दिनमा डिस्चार्ज गरिनुपर्न गाैतमले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार