Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाले केन्द्रीय सदस्यलाई मासिक तलब दिने


    आइतबार, असोज ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरुलाई मासिक रुपमा पारिश्रमिक दिने भएको छ ।

    पार्टी मुख्यालय पेरिसडाँडामा आइतबारबाट बसेको सचिवालय बैठकमा यो प्रस्तावउपर छलफल भएको हो । 

    साविक नेकपा (एमाले)ले राजकीय जिम्मेवारीमा नरहेकाहरूलाई निर्वाह खर्च भनेर मासिक १० हजार रुपैयाँ दिने गरेको थियो । नवौं महाधिवेशनपछि पनि एमालेले यसलाई निरन्तरता दिएको थियो । एकीकरणपछि यो क्रम टुटेको थियो ।

    यस्तो पारिश्रमिक भने राजकीय, संवैधानिक पदमा नरहेका, व्यापार व्यवसायमा आवद्ध नभएका र विशुद्ध पार्टीका होलटाइमरलाई दिइने बुझिएको छ ।

    नेकपा सचिवालयको बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार