Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए ७६७ जना संक्रमित


    आइतबार, असोज ४ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ६ सय २ जना रहेका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ३० महिला र ३ सय ७२ पुरुष, भक्तपुरमा ४१ महिला र ६० पुरुष तथा ललितपुरमा ३४ महिला र ३० पुरुषमा संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टायता देशभर भने १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको मन्त्रालयले जनाएको छ। 

    पछिल्लो २४ घण्टायता कोरोनाबाट १० जनाको मृत्यु भएको छ भने ९ सय ६६ जना निको भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार