Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइतबार थप १३ सय २५ जनामा कोरोना पुष्टि


    आइतबार, असोज ४ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ६६ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ।

    कुल संक्रमितमध्ये निको हुनेको दर ७२ प्रतिशत हो। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार