Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • राष्ट्रपतिसँग भेटघाटका लागि सीपीसी नेता शीतल निवासमा


    आइतबार, साउन ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का शीर्ष नेता युआन जियाजुनलगायतको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेको छ । आज काठमाडौं आइपुगेको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य तथा चोङक्विङ्ग नगर कमिटी सचिवसमेत रहेका जियाजुनसहितको टोलीले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेको हो ।

    भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको र यस भ्रमणले आगामी दिनमा द्विदेशीय सम्बन्धलाई अझ सुमधुर पुर्‍याउने विश्वास व्यक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    यसअघि जियाजुनले रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल कुराकानी गरेका थिए । श्रीलंका भ्रमण सकेर आज काठमाडौं आएका उनी यहाँ तीन दिनसम्म रहने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार