Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २०७६ को मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’लाई


    आइतबार, असोज ४ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई प्रदान गरिने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यो उपन्यासलाई पुरस्कृत गर्ने निर्णय गरेको गुठीका अध्यक्ष अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    गुठीले पुरस्कारका लागि मनोनित सात पुस्तकको सूची सार्वजनिक गरेको थियो । पुरस्कारको राशी ४ लाख रहेको छ ।

    यस्तै, गुठीले जगदम्बाश्री पुरस्कार नेपाली संगीतमा योगदान पुर्‍याएबापत शान्ति ठटाललाई दिने पनि निर्णय गरेको छ । गत ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीत संगीत क्षेत्रको उन्‍नयनमा विशिष्ट योगदान पुर्‍याएकाले ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको छ । यो पुरस्कार पनि ४ लाख राशीकै हो ।

    कोरोना महामारीको कारण उत्पन्न परिस्थितिलाई विचार गर्दै गुठीले पुरस्कार वितरण गर्ने मिति भने पछि सार्वजनिक गरिने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार