Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीमा आइजीपीको नौलो सुरुवात, अवकाश पाएकालाई करारमा राखिंदै


    आइतबार, असोज ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । नेपाल प्रहरीमा आमुल परिवर्तन गर्ने भनी विभिन्न सुधार र आचार सहिता ल्याएका महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश भइसकेका र विवादमा परेका अधिकृतलाई करारमा ल्याउन लागेका छन् ।

    थापा नक्सालस्थित सरकारी निवास प्रवेश गर्दा गरिएको पूजामा समेत उनले अवकाश भएका प्रहरी निरीक्षक श्याम कृष्ण डंगोललाई बोलाएका थिए । अहिले तिनै पूर्व निरीक्षक डंगोल र केही महिना अघि मात्रै अवकाश भएका इन्स्पेक्टर कृष्ण खड्कालाई करारमा ल्याउने तयारी भइरहेको छ । खड्का बिजुलीको काम गर्ने प्राविधिक हुन् । १२ बर्ष सई भएपछि उनी अवकाश हुँदाहुँदै पाउने नियमले निरीक्षक भएका हुन् । जवकि यी दुवै जना संगठनलाई आवश्यक नभएको संगठनकै उच्च अधिकारीहरू बताउँछन् । प्रनि डंगोल आइजीपीको निवास भएको भक्तपुरका गाउँले हुन् । 

    यसअघि जतिसुकै सक्षम भए पनि कसैलाई अवकाशपछि करारमा राख्ने गरिएको थिएन । ट्राफिकका रोलमोडल बनेका अवकाशाप्राप्त प्हरी निरीक्षक सीताराम हाछेथुले करारमा प्रहरीमा काम गर्न निकै कोसिस गरे । तर नपाएपछि उनको क्षमता ललितपुर महानगरको नगर प्रहरीको इन्चार्ज भएर प्रदर्शन गरिरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार