Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कोसी सरकारविरुद्धको रिट आज पनि हेर्न नमिल्नेमा


    आइतबार, साउन ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेश सरकार गठनसम्बन्धी आज आइतबार सर्वोच्च अदालतमा पेशी चढेको रिट हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा न्यायाधीश रेग्मीले एमाले संसदीय दलका नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की र आफू कक्षा ४ देखि सँगै पढेका हितैषी साथी भएकोले ‘अनइजी’ भन्दै हेर्न नमिल्ने भनेका हुन् ।

    इजलासमा बहस सुन्न पुगेका पूर्वमुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले भने– ‘श्रीमान् कुमार रेग्मीज्यू र पुर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की कक्षा चारदेखि सँगै पढेको साथीहरु हुनुहुँदोरहेछ, श्रीमानले मुद्दा हेर्न मलाई असजिलो हुन्छ, वहाँ मेरो क्लासमेट हो, हितैषी हो, मलाई अनइजी भयो, हेर्न मिल्दैन भन्नुभयो।’ न्यायाधीश रेग्मी र कार्की गौरादहस्थित जनता मावि गौरादहमा पढ्दाका साथी रहेको जनाइएको छ ।

    कार्कीको पक्षबाट बहसका लागि संविधानविद् डा.भिमार्जुन आचार्य, बरिष्ठ अधिवक्ताहरु टिकाराम भट्टराई, सुरेन्द्र भण्डारी, चुडामणि आचार्य तथा अधिवक्ताहरु गजेन्द्र आचार्य, बद्री बहादुर कार्की, माधव बास्कोटा, डा.कुमार आचार्य, सुजन राई लगायतले बहस गर्ने तयारी गरेका थिए । तर मुद्दा हेर्न नमिल्ने भएपछि आइतबारको सुनुवाई भोलि सोमबारका लागि सर्ने जनाइएको छ ।

    कोशी सरकार गठनको दाबी पत्रमा प्रदेश सभाका सभामुख बाबुराम गौतमले प्रदेश सभा सदस्यको हैसियतले हस्ताक्षर गरेर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पेश गरेको दाबीकै आधारमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम असार २१ गते उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    सभामुखको हस्ताक्षरले संविधानको उल्लंघन भएको जिकिर गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले असार २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार