काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज वेबसाइटमार्फत सार्वजनिक गरेको छ । यसअघि आइतबार बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको थियो ।
मौद्रिक नीतिबारे पत्रकार सम्मेलन भने ३ बजे याक एण्ड यति होटलमा बोलाइएको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले निर्दिष्ट गरेबमोजिम मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मुख्य उद्देश्यका साथ मौद्रिक नीति तर्जुमा गरिएको छ ।
साथै, वित्तीय पहुँच अभिवृद्धि गर्न, वित्तीय स्थायित्व कायम गर्न एवं सुरक्षित, स्वस्थ र सक्षम भुक्तानी प्रणालीको विकास गर्न वित्तीय क्षेत्र, विदेशी विनिमय व्यवस्थापन र भुक्तानी प्रणालीसम्बन्धी नीतिहरु पनि मौद्रिक नीतिमा समावेश गरिएको छ ।
आर्थिक वर्ष २०७९र८० को एघार महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक भैसकेको भन्दै केन्द्रीय बैंकले बाह्य क्षेत्र तथा मूल्य स्थितिमा सुधार आएको छ भने सरकारी वित्त स्थिति दबाबमा परेको अवस्था रहेको जनाएको छ ।
निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धि सुस्त रहेको, आर्थिक गतिविधिमा केही शिथिलता आएकोले बैकिङ्ग प्रणालीको निष्क्रिय कर्जा अनुपात केही बढेको केन्द्रीय बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ को संघीय बजेट २०८० जेठ १५ गते सार्वजनिक भैसकेको भन्दै बैंकले बजेटले आर्थिक वर्ष २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६.५ प्रतिशतभित्र रहने अनुमान गरेको बताएको छ ।
उपर्युक्त लक्ष्य हासिल गर्न बजेटमा आर्थिक सुधारका कार्ययोजनाहरु प्रस्ताव गरिएका छन् । प्रदेश सरकार र अधिकांश स्थानीय तहहरुले पनि आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरिसकेका छन् । संघीय सरकारबाट प्रस्तावित सुधार कार्यक्रमहरुको कार्यान्वयन र संघीय तथा प्रदेश सरकारले बजेटमा विनियोजन गरेबमोजिम हुने पुँजीगत खर्चले आर्थिक गतिविधि चलायमान हुने अपेक्षा रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको आर्थिक वृद्धिदर सन् २०२३ मा कमजोर रहने र सन् २०२४ मा केही सुधार आउने प्रक्षेपण गरेको छ । सन् २०२३ मा विश्वको मूल्य स्थितिमा सुधार आएतापनि अझै उच्च रहने कोषकोप्रक्षेपण रहेको छ । मूल्य वृद्धिदर कम हुँदै गएतापनि लक्ष्यभन्दा अझै उच्च रहेकाले विकसित र उदीयमान मुलुकहरुले मौद्रिक नीतिको कसिलो कार्यदिशालाई निरन्तरता दिएका छन् ।
अन्तर्राष्ट्रिय एवं राष्ट्रिय आर्थिक तथा वित्तीय स्थिति र परिदृश्य, विकसित र छिमेकी मुलुकहरुले अवलम्बन गरेको नीतिगत कार्यदिशा, आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको समीक्षा, नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत लिएका उद्देश्य र प्राथमिकता, सरोकारवाला निकाय, विद्वत वर्ग र नागरिकबाट प्राप्त सुझावसमेतका आधारमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका साथै नियामकीय, भुक्तानी प्रणाली र विदेशी विनिमय व्यवस्थापनसँग सम्बन्धित नीतिहरु तय गरिएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend