Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेखर कोइरालाको माग- अपराधी जोगाउने विधेयक खारेज गर्नुपर्छ


    आइतबार, साउन ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम कांग्रेसकै मन्त्रीबाट भइरहेको भन्दै केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरेका छन् ।

    केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै कोइरालाले राजनीतिक दल वा समूहका नाममा जस्तासुकै अपराधीलाई पनि उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएको बताए ।

    कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले उक्त विधेयक पेश गरेका छन् । डा. कोइरालाले गठबन्धनभित्रै गठबन्धन बनाउने प्रयास भइरहेको भन्दै समाजवादी मोर्चा कसको लागि बनेको हो ? यसबारे कांग्रेसमा छलफल गर्न जरुरी रहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार