Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीका पाँच नेता आज ६ दिने भारत भ्रमणमा जाँदै


    आइतबार, साउन ७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नेकपा (माओवादी केन्द्र) का नेताहरुको एक टोली आज (आइतबर) ६ दिने भारत भ्रमणमा जाने तयारीमा रहेका छन् ।

    माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली दिल्ली जान लागेको हो । पाँच सदस्यीय टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।

    उक्त भारत भ्रमणको क्रममा माओवादी नेताहरूले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिने जनाईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार