Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालका ६ हजार ७ सय सुरक्षाकर्मीमा कोरोना संक्रमण


    आइतबार, असोज ४ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालका ६ हजार ७ सय सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर फैलिएको यो कोरोना संक्रमणबाट सुरक्षाकर्मी समेत अछुतो रहन सकेनन् । 

    हालसम्म नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बल गरेर ६ हजार ७ सय ५ जनामा कोरोना संक्रमण देखिएको हो । 

    हालसम्म सबैभन्दा बढी नेपाल प्रहरीमा ३ हजार ६ सय २६ जनामा कोरोना देखिएको छ । जसमध्ये १ हजार ८ सय ९ जना डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा २ सय ६३, उपत्यकामा ६ सय ८१, प्रदेश १ मा १ सय ६८, प्रदेश २ मा १ सय ६९, बागमती प्रदेशमा १ सय ३७, गण्डकी प्रदेशमा १ सय ५३, प्रदेश ५ मा १ सय १०, कर्णाली प्रदेशमा ४८ र सुदूरपश्चिम प्रदेशमा ८८ जना प्रहरी सक्रिय संक्रमित छन् ।

    हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ सय १ जना डिस्चार्ज भएका छन् भने १६ सय ५४ जना सक्रिय संक्रमित छन् ।

    यस्तै सशस्‍त्र प्रहरी बलका १ हजार २३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ६ सय ७० जना डिस्चार्ज भएका छन् 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार