काठमाडौं । कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि औपचारिक भ्रमण रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।
राजधानी नोम्पेनमा आज बिहान प्रधानमन्त्री हुन सेनसँग भेट भएको ओलीको निजी सचिवालयले जनाएको छ । ओलीसँगै विभिन्न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन् ।
त्यसमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू समेत छन् । नेपालबाट एमाले अध्यक्ष ओलीको नेतृत्वमा एउटा टोली कम्बोडिया पुगेको हो । ओलीसँग कम्बोडियाका विदेशमन्त्रीको पनि भेटवार्ता भएको छ ।
ओलीलाई विमानस्थलमा त्यहाँका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए । विमानस्थलमै ओलीको पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी,नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भएको सचिवालयले जनाएको छ ।
आजै ओलीले त्यहाँको निर्वाचन आयोगसँग छलफल गर्ने कार्यक्रम छ ।
कम्बोडियामा हुन गइरहेको निर्वाचनमा १८ वटा दलले भाग लिएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend