Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टोखाबाट चरेस कारोबारी पक्राउ, एक किलो चरेस बरामद


    आइतबार, असोज ४ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको टोखाबाट चरेस कारोबारी पक्राउ परेका छन् । पक्राउ परेकाहरुबाट एक किलो चरेस बरामद समेत भएको छ । 

    पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-३ घर भएका ४२ वर्षीय सानुकान्छा तामाङ र सोही ठाउँकी २३ वर्षीया दिलकुमारी तामाङ छन्। उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले ९ सय ७८ ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको हो ।

    टोखा नगरपालिका-९ शिव मन्दिरस्थित पशुपति गेष्ट हाउस अगाडिको गोरेटोबाट उनीहरु पक्राउ परेका हुन् ।

    चरेसको किनबेच भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनीहरुको झोला खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध भेटिएको हो ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार