Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • काठमाडौंमा कोरोनाको अवस्था भयावह, ५३ जनाले ज्यान गुमाए


    आइतबार, असोज ४ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालभर कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौंको अवस्था पनि गम्भीर बनेको छ। दैनिक ७ सयको संख्यामा संक्रमित थपिइरहेको काठमाडौ उपत्यकामा मात्रै ६ हजार ५ सय १२ जनामा संक्रमण पुष्टि भैसकेको छ।

    देशभर भने कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४ सय १ पुगेको  छ। 

    उपत्यकामा सबैभन्दा धेरै संक्रमितको संख्या काठमाडौंमा रहेका छन् । संक्रमितहरुमध्ये गम्भीर प्रकृतिका ४ स ४० जना बिरामीको विभिन्न अस्पतालमा उपचार भैरहेको  काठमाडौं महानगरपालिकाका कोभिड फोकल पर्सन ज्ञानप्रसाद ओलीले जानकारी दिए । 

    यस्तै होम आइसोलेशनमा २ हजार ६८ जना छन् भने संस्थागत आइसोलेशनमा ९ सय ६९ जना रहेका छन् । काठमाडौंमा अहिलेसम्म २५ सय ४१ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भैसकेका छन् ।  

    उपत्यकामा कोरोनाको कारण अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार