Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला कर्मचारीलाई जबरजस्ती गर्ने गाउँपालिका अधिकृत पक्राउ


    आइतबार, असोज ४ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी। महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको आरोपमा गाउँपालिका अधिकृत पक्राउ परेका छन् ।

    कैलाली जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

    ‘महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘डरधम्की देखाएर बलात्कार गर्ने गरेको आरोप छ, अनुसन्धान भइरहेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार