Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • आईसीयूमा रहेका डा. केसीले औषधि लिन मानेनन्, अस्पतालमै अनशन


    आइतबार, असोज ४ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसिइूमा रहेका डा. गोविन्द केसीले औषधि लिन अस्वीकार गरेका छन्। ६ बुँदे माग राख्दै भदौ २९ गतेदेखि जुम्लामा सत्याग्रह थालेका उनलाई शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो। 

    अस्पतालको आईसीयूमा रहेका केसीले औषधि लिन नमानेको उनका सहयोगी महेन्द्र कार्कीले बताए। केसीले पहिला आफ्नो माग सम्बोधन हुनुुपर्ने अनिमात्र औषधि लिने अडान लिइरहेका छन्। उनले अस्पतालमै सत्याग्रह जारी राखेका छन्। 

    मेडिकल माफियाविरुद्ध पटक–पटक अनशन बस्दै आएका केसीले यस पटक देशमा विभिन्न भागमा सरकारले स्वास्थ्यमा लगानी गर्नुपर्ने माग राखेका छन्। कोरोना महामारीकै बीच जुम्लामा जनताको उपचारका लागि पुगेका केसीले सदरमुकामनजिकैको बाबिरामष्टोको मन्दिरबाट सत्याग्रह सुरु गरेका थिए।

    केसीले यसअघि अनशन अन्त्य गर्दा भएको सहमति कार्यान्वयनको माग पनि राखेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार