Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एक क्विन्टल सुन बाहिरिएको घटनाबारे बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री श्रेष्ठ


    शुक्रबार, साउन ५ २०८०
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद भएको घटनाबारे जानकारी लिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् ।

    श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेका छन् ।

    गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा अनुसन्धान गर्न सुन बोकेको ट्याक्सी चालकसहित १० जना पक्राउ परिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार