काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्ना धारणा राखिरहेका छन्। हिजो बिहीबार ३५ जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए। उक्त मंगलबारदेखि बैठक सुरू भएको हो।
बाँकी सदस्यहरूले आज बोल्ने कांग्रेसले जनाएको छ। करिब एक वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताहरू सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा भन्दा गुट, उपगुटका विषयमा बढी केन्द्रित देखिएका छन्।
अधिकांश बोल्ने नेताको विषय गुटप्रति नै लक्षित देखिने गरेको छ। बैठकको तेस्रो दिन बिहीबार पनि यस्तै दृश्य देखियो। अधिकांश केन्द्रीय सदस्यहरूले प्रदेशमा पार्टी नेतृत्वमै सरकार रहेको, स्थानीय तहको प्रतिनिधित्वमा पनि देशभर पार्टी बलियो हुँदाहुँदै जनतालाई कांग्रेसले कुनै आभाष दिन नसकेको आरोप लगाएका छन्।
बैठकमा नक्कली भुटानी शरणार्र्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई कारबाही गर्ने नगर्ने विषयमा कांग्रेस विभाजित छ।
कांग्रेसको विधानले वरिष्ठ नेतासम्बन्धी कुनै प्रावधान राखेको छैन। विधानमा कुनै प्रावधान नभए पनि केही केन्द्रीय सदस्यहरूले भने आफू निकटका नेतालाई वरिष्ठ नेता दिनुपर्ने माग गरिरहेका छन्।
कांग्रेसको विधानमै नभएको वरिष्ठ नेता राख्न बिलम्ब भएको आवाज यतिबेला बैठकमा उठिरहेको छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend