Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिया कपको तयारी नेपालले श्रीलंकामा गर्दै


    शुक्रबार, साउन ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कपको तयारी श्रीलंकामा गर्ने तयारी गरेको छ।

    नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले श्रीलंकामा १५ दिनको स्पेशल हाइ-पर्फरमेन्स क्याम्प संचालन गर्ने जानकारी दियो।

    १५ दिने तयारीको समयमा नेपालले श्रीलंकाको विभिन्न टिमसँग चारवटा अभ्यास खेल समेत खेल्ने छ ।

    यसका लागि श्रीलंका क्रिकेटले नेपाललाई सहयोग गर्ने क्यानले जनाएको छ ।

    पाकिस्तान र श्रीलंकामा अगस्ट ३० तारिखबाट सुरु हुने एसिया कपका लागि नेपाल समूह ‘ए’ मा रहेको छ ।

    यस समूहमा आयोजक पाकिस्तान र भारत पनि रहेका छन् ।

    नेपालले समूह चरणको पहिलो खेल पाकिस्तानसँग अगस्ट ३० मा पाकिस्तानको मुल्तानमा खेल्नेछ ।

    नेपालले दोस्रो खेल भारतविरुद्ध सेप्टेम्बर ४ मा श्रीलंकाको केन्डीमा खेल्ने तालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार