Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालगञ्जमा प्लाज्माथेरापी गरिएका कोरोना संक्रमितको मृत्यु


    आइतबार, असोज ४ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    बाँके, ४ असोज । कोरोना भाइरस संक्रमण भएका बिरामी जटिल अवस्थामा पुगेपछि प्लाज्माथेरापी दिएर बचाउने प्रयास गरिन्छ । तर बाँकेमा त्यो प्रयास पनि बिफल भएको छ । बाँकेमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएका एक कोरोना संक्रमितको ज्यान गएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट १० जनाको मृत्यु भएको छ ।

    गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्माथेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । तर गए राति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार