Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार आज सामान्य घट्याे, ३ अर्ब ५ कराेड रुपैयाँकाे काराेबार


    बिहिबार, साउन ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डाै । लगातार पाँच दिनसम्म बढेको सेयर बजार आज साताको अन्तिम कारोबार दिन बिहीबार भने सामान्य घटेको छ । यसदिन सेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ विन्दुमा झरेको छ ।

    आज फाइनान्स, होटल, लगानी, बीमा, म्युचल फन्ड र अन्य समूहको शेयर घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ ।

    बिहीबार सबैभन्दा धेरै सिटिजन्स म्युचुल फन्ड र कुमारी इक्विटी फन्डकाे शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि विशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    आज दुई सय ६४ वटा कम्पनीका ८४ लाख २४ हजार कित्ता शेयर कारोबार भएका छन् । ५४ हजार नौ सय पटक भएका कारोबारमा तीन अर्ब पाँच करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड २३ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार