काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने विषय औचित्यहीन र अनावश्यक भएको दाबी गरेका छन् ।
आज राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले खर्च घटाउने नाममा सेनाको आकार घटाउने विषयमा छलफल गर्नु उचित नहुने उल्लेख गरेका हुन् ।
कुनै पनि राज्य बन्नका लागि भूमि, अधिकार सम्पन्न जनता, स्वतन्त्र सरकार र सेना गरी चार अंग आवश्यक पर्ने गौतमले बताए । ती चार अंगमध्ये एउटा अंग कमजोर भए पनि दुर्घटना व्यहोर्नुपर्ने उनको भनाइ छ । ‘राज्यका चार अंग छन्, एउटा अंग कमजोर भयो भने हामीले दुर्घटना ब्यहोर्ने भन्दा केही हुन्न । त्यसैले नेपाली सेनालाई हामीले अपमान गर्न हुँदैन’ उनले भने ।
नेपाली सेनाले धेरै अप्ठयारो परेका बेला नेपालको रक्षा गरेको भन्दै गौतमले सेनाबारे बहस गर्नेहरुलाई इतिहास पढ्न सुझाव दिए । राजाले निर्माण गरेको शक्ति भए पनि नेपाली सेनाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई समर्थन गरेर जनताले जे निर्णय गर्छन्, त्यो हामी शिरोधार्य गर्छौ भनेर भनेको उनले बताए ।
‘त्यो सेना, गौरवगाथा बोकेको सेना, त्यो इतिहास पढनुपर्छ, दोहोर्याएर पढनुस् म ती साथीहरुलाई अनुरोध गर्छु, जसले सेनाको संख्या घटाउनुपर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्छ’ उनले भने ।
खर्च घटाउन प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउन सकिने, राष्ट्रियसभा नै खारेज गरे पनि हुने भन्दै उनले सेनाको आकार घटाउन नहुने बताए । उनले संविधानमा संघीय व्यवस्था भएकाले मात्र प्रदेश संरचना आवश्यक देखिएको नभए त्यसको पनि कुनै अर्थ नभएको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend