Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केशव बुढाथोकीलाई कारबाही गर्न कोसीका मुख्यमन्त्री थापाको माग


    बिहिबार, साउन ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीलाई कारबाही गर्न माग गरेका छन् ।

    बिहीबार केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले गएको मंसिर ४ गतेको निर्वाचनमा झापा क्षेत्र नम्बर–२ का उमेदवार समेत रहेका कांग्रेसका झापा सभापति देउमान थेवेलाई हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरे ।

    बुधबारको बैठकमा बुढाथोकीले कोसी प्रदेशको नामकरणमा पार्टी नबोलेको भन्दै सरकारलाई मान्ने कि नमान्ने भन्ने प्रश्न गरेका थिए । बुढाथोकीको प्रश्नले कांग्रेसको मनोबल घटाएको थापाले बताए ।

    “सिंगो कांग्रेसको मनोबल घटाएको छ । शक्ति खुम्च्याउने काम भएको छ । सिंगो कांग्रेसको मन रोएको छ,” उनले भने ।

    बुढाथोकीले निर्वाचनमा गठबन्धनका उमेदवारलाई भोट नहाल्न भन्दै फोन गरेको रेकर्ड कार्यकर्ताको मोबाइलमा भएको थापाको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार